" For The Secure Future of The Employees"

+977-01-5010165,4223320   info@epfnepal.com.np

BPA Award 2015 - कोषलाई आर्थिक वर्ष २०७०/७१को लागि उत्कृष्ट वार्षिक प्रतिवेदन पुरस्कार (Best Presented Annual Report Award)

 

कर्मचारी सञ्चय कोषले नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संस्था (आईक्यान) ले हरेक वर्ष प्रदान गर्दै आएको उत्कृष्ट वार्षिक प्रतिवेदन पुरस्कार (Best Presented Annual Report Award) आर्थिक वर्ष २०७०/७१ का लागि प्राप्त गर्न सफल भएको छ । विभिन्न विधाहरुमा नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संस्थाले प्रदान गर्ने उक्त पुरस्कार सार्वजनिक क्षेत्र निकाय अन्तर्गत कोषले लगातार दोस्रो पटक प्राप्त गरेको हो । नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संस्थाद्वारा आयोजित एक समारोहबीच २०७२ श्रावण ६ गते माननीय अर्थमन्त्री डा. रामशरण महतबाट उक्त पुरस्कार कोषका प्रशासक श्री कृष्णप्रसाद आचार्यले ग्रहणगर्नु भएको थियो ।