" For The Secure Future of The Employees"

+977-01-5010165,4223320   info@epfnepal.com.np

Dhangadi

स्थापना 

कर्मचारी सञ्‍चयकोषबाट आफ्ना सञ्‍चयकर्ताहरूलाई केन्द्रबाट उपलब्ध हुने सबै सेवा सुविधा स्थानीयस्तरमै उपलब्ध गराउने सद्‍भावपूर्ण उद्देश्यले शाखा कार्यालय विस्तारको क्रममा सुदूर पश्‍चिमाञ्‍चलको कैलाली जिल्लाको धनगढीमा बि.सं. २०६१, कार्तिकमा यस शाखाको स्थापना भएको हो ।

कार्यक्षेत्र

शाखा कार्यालय, घनगढीको कार्य क्षेत्र हाल प्रदेश नं.७ अन्तरगतका दुई अञ्‍चल सेती र महाकालीमध्ये सेतीका ५ जिल्लाहरू बझाङ, बाजुरा, डोटी, अछाम र कैलाली तथा महाकालीका ४ जिल्लाहरू दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर गरी जम्मा नौ जिल्ला पर्दछन् ।

सुदूर नेपालमा सञ्चयकोष

शाखा कार्यालय, धनगढीले आफ्नो कार्यक्षेत्रभित्रका क्षेत्रीय, अञ्‍चल, जिल्ला र इकाइ स्तरका निजामती, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, निजी तथा संगठित संघसंस्था र सामुदायिक शैक्षिक संघसंस्थाका आदरणीय सञ्चयकर्ताहरूको लागि अवकाश भुक्तानी, विशेष सापटी प्रवाह, सामाजिक सुरक्षण सुविधाहरूको भुक्तानी, परिचयपत्र वितरण तथा समर्थन, कोष तथा सापटी कट्टीको फाँटवारी संकलन र भौचर पास, सञ्‍चयकर्ता तथा सञ्‍चयकर्ता कार्यालयका लागि इ सर्भिस सेवा प्रदान, खाता शुध्दीकरण तथा एकीकरण, कोषले धितो स्वीकार गरेका तोकिएका क्षेत्रमा घर सापटी, शैक्षिक सापटी तथा घरमर्मत सापटी प्रवाह गर्ने लगायत कोषसंग सञ्‍चयकर्ता तथा सञ्‍चयकर्ता कार्यालयसंगको सम्बन्ध सुमधुर बनाउने तथा नियमित र प्रभावकारी सूचना प्रवाह गर्ने जस्ता सचेतना प्रवर्ध्दनका कार्यहरू गरी सुदूर नेपालमा कोषको छवि सञ्चयकर्तामैत्री बनाएको छ ।

सञ्चयकर्ता बडापत्र - Click Here

सम्पर्क फोन नं. : ०९१-५२०६९२¸ ०९१-५२५६०८¸ ०९१-५२०६९१¸ र ०९१-५२७४०७

शाखाको इ मेल : dhangadi@epfnepal.com.np