" For The Secure Future of The Employees"

+977-01-5010165,4223320   info@epfnepal.com.np

Kohalpur

परिचय 

कोषको पछिलो शाखा कार्यालयको रुपमा वि.सं. २०७१ साल भाद्र २९ गते कर्मचारी संचय कोष शाखा कार्यालय कोहलपुरको स्थापना भएको हो । सूदुरपश्चिम र मध्यपश्चिमको नाकाको केन्द्र कोहलपुरमा रहेको यस शाखाको कार्य क्षेत्र हाल प्रदेश नं ५ अन्तरगतका बाँके, वर्दिया, दांग, सल्यान, प्युठान, रोल्पा र रूकुम रहेका छन् । ५ नं प्रदेशमा रहेको कोहलपुर नगर, कर्णाली प्रदेश (६ नं प्रदेश) र ७ नं प्रदेशको प्रवेश द्वार एवं ३ वटै प्रदेशको संगम केन्द्रको रूपमा विकाश भईरहेको नगरमा यस शाखा कार्यालयले अनलाइन सेवा मार्फत कोषको केन्द्रीय कार्यालयबाट उपलब्ध हुने सम्पूर्ण सेवा सुविधाहरु प्रदान गर्दै आएको छ । कोषको आफ्नै भवन नभएकाले कोहलपुर नगरपालिका, वडा नं ११, न्युरोड, गोलपार्क नजिक भाडाको भवनमा आफ्नो कार्यालय राखी सोहि स्थानबाट सेवा प्रदान गरिरहेको छ ।

शाखा कार्यालय कोहलपुरले संचयकर्ताहरुको अवकाश पछिको संचयकोष भुक्तानी, सेवाकालिन वित्तीय आवश्यकता पुरा गर्नका लागि विशेष सापटी, तोकिएका क्षेत्रमा घर सापटी, घर मर्मत सापटी, शैक्षिक सापटी प्रवाह, कोषले लागु गरेका विभिन्न सामाजिक सुरक्षा सुविधाहरुको भुक्तानी, संचयकर्ता परिचय पत्रको व्यवस्थापन, फाँटवारी संकलन तथा लेखाँकन, संचयकर्ताको विस्तार, नयाँ कार्यालयहरू कोषमा आबद्धता सम्झौता, संचयकर्ता अभिमुखीकरण\अन्तर्क्रिया कार्यक्रम सञ्चालन, कोषका गतिविधिहरुको प्रचार प्रसार तथा संचयकर्ताहरुलाई परेका समस्याहरुको समाधान गर्ने कार्यहरु गर्दै आएको छ । शाखा कार्यालय कोहलपुरले गुनासो रहित संचयकर्ता सेवा भन्ने प्रतिवद्धता अनुरुप सरल, सहज एवं प्रभावकारी सेवा प्रवाह गर्दै आएको छ ।

हाल शाखामा कार्यरत कर्मचारीको प्रोफाइल 

पद नाम ईमेल
कार्यालय प्रमुख  श्री महेन्द्र राज शाक्य     mahendra.shakya@epfnepal.com.np
का.मु.वरिष्ठ शाखा अधिकृत श्री मनोज लामिछाने manoj.lamichhane@epfnepal.com.np
शाखा अधिकृत श्री अशोक रायमाझी ashok.rayamajhi@epfnepal.com.np
वरिष्ठ कम्प्युटर सहायक श्री तोजेन्द्र रोकाय tojendra.rokaya@epfnepal.com.np
प्रमुख सहायक श्री धनीराम आचार्य dhaniram.acharya@epfnepal.com.np
प्रमुख सहायक श्री टीकानीधी दनै tikanidhi.danai@epfnepal.com.np
प्रमुख सहायक श्री नगेन्द्र पुलामी मगर    nagendra.magar@epfnepal.com.np
प्रमुख सहायक श्री सुरेन्द्र कुमार यादव  surendra.yadav@epfnepal.com.np
प्रमुख सहायक श्री राम नारायण चौधरी ramnarayan.chaudhari@epfnepal.com.np
प्रमुख सहायक श्री गेहेन्द्र भुषण ढुंगेल     dhungelgb100@gmail.com

 

कार्यालयको फोन नम्बर : ०८१-५४१२८२, ०८१-५४१२८४ र ०८१-५४२००२

मोबाईल नम्बर : 9851228962

 

सम्पर्क ठेगाना : कर्मचारी संचय कोष

              शाखा कायार्लय, न्यूरोड, गोलपार्क, कोहलपुर, बाँके


इमेल : kohalpur@epfnepal.com.np

घर सापटी\घर मर्मत सापटी प्रवाह हुने क्षेत्रहरू