" For The Secure Future of The Employees"

+977-01-5010165,4223320   info@epfnepal.com.np

Pokhara

शाखा कार्यालयको परिचयः

कर्मचारी सञ्चय कोषबाट सञ्चयकर्तालाई उपलब्ध गराइने सेवा सुविधाहरु स्थानीय स्तरमानै उपलब्ध गराउदैँ जाने नीति अनुरुप वि.सं. २०५३ सालमा पर्यटकीय नगरी पोखरामा यस कार्यालयको स्थापना भएको हो । स्थापनाको केही वर्ष मुस्ताङ चोकस्थित भाडाको घरबाट कार्यालय सञ्चालन भएतापनि हाल पोखरा लेखनाथ महानगरपालिका बडा नं ९, नयाँबजारमा आफ्नै भवनमा पोखरा शाखा कार्यालय सञचालनमा रहेको छ ।

गण्डकी र धौलागिरी अञ्चलमा रहेका १० जिल्लाहरु यस कार्यालयको कार्यक्षेत्र रहेका छन् । कोषकट्टी एवम् विशेष सापटीको फाटँवारी संकलन देखि विशेष सापटी, कोषकट्टी रकमको भुक्तानीका अलावा धितोमूलक सापटीहरु सञ्चयकर्ता घरसापटी, शैक्षिक सापटी, घरमर्मत सापटी समेत यस कार्यालयबाट प्रवाह भैरहेको छ । साथै कोषले सञ्चयकर्ताहरुलाई उपलब्ध गराएका सामाजिक सुरक्षामूलक सुविधाहरु - दुर्घटना क्षतिपुर्ति योजना, सञचयकर्ता औषधोपचार कार्यक्रम, काजक्रिया खर्च अनुदान तथा सुत्केरी तथा शिशु हेरचाह कार्यक्रम पनि यस शाखाबाट उपलब्ध गराइदै आएको छ ।

यस कार्यालयले वि.सं. २०५७ मा पार्दि विरौटस्थित ११२ वटा आवास घरहरु निर्माण गरी किस्तावन्दीमा सञ्चयकर्तालाई उपलब्ध गराएको थियो । नयाँवजार स्थित कोषको भवनमा हाल गण्डकी मेडिकल कलेज सञ्चालनमा रहेको र सो कलेजले सञ्चयकर्ता कर्मचारीहरुलाई कोषको परिचयपत्रको आधारमा उपचार एवम् औषधी खरिदमा सहुलियत समेत प्रदान गरिरहेको छ ।

शाखा कार्यालय पोखरामा १७ जनाको दरवन्दी रहेको भएतापनि हाल अधिकृत स्तरमा ४ जना सहायक स्तरका ५ जना र एकजना प्रमुख रक्षक समेत गरी १० जना स्थायी कर्मचारी कार्यरत छन् ।

 

कर्मचारी सञ्चय कोषको न्युनतम लक्ष्य र कार्यदिशाः

दुरदृष्टि (Vision)

  • राष्ट्रिय सामाजिक सुरक्षण प्रदायकको अग्रणी भूमिकाद्वारा कोषलाई अन्तर्राष्ट्रिय स्तरको सामाजिक सुरक्षण संस्थाको रुपमा स्थापित गर्ने ।

दीर्घकालीन लक्ष्य (Mission)

  • प्रभावकारी स्रोत परिचालन, दिगो एवम् आकर्षक सुविधा, गुणस्तरीय सेवा तथा संभाव्य सामाजिक सुरक्षण कार्यक्रमको विस्तारको माध्यमद्वारा संगठित क्षेत्रका सबै रोजगार सम्म कोषको दायरा विस्तार गरी कोषलाई नेपालको सुप्रतिष्ठित सामाजिक सुरक्षण संस्थाको रुपमा स्थापित गर्ने ।
  • नवीन व्यवस्थापन पद्दती गुणात्मक सञ्जालको विकास र विस्तार, उद्यमशील र प्रतिस्पर्धी कार्यपद्दति, व्यापक सहकार्य र साझेदारीका आधारमा कोषलाई एक सक्षम अन्तर्राष्ट्रय सामाजिक सुरक्षण संस्थाको रुपमा परिचित तुल्याउने ।
  • सञ्चय कोष र सामाजिक सुरक्षण सुविधाहरुको सुव्यवस्थापनद्वारा सञचयकर्तालाई सामाजिक सुरक्षणको प्रत्याभूति दिई कोषलाई सन्तुष्ट सञ्चयकर्ताको ठुलो परिवार बनाउने ।
  • कोषमा उपलब्ध दीर्घकालीन बचतलाई देशको पूर्वाधार विकासको क्षेत्रमा उपयोग गरी आर्थिक विकासमा योगदान गर्ने ।

व्यवस्थापकीय मान्यता (Core Values)

  • निष्पक्षता र तटस्थता
  • सेवाको गुणस्तरमा निरन्तर सुधार
  • कार्यदक्षता र प्रभावकारीता
  • जवाफदेहिता र पारदर्शिता
  • सहकार्य र सहभागिता
  • नतिजा उन्मुख

रणनीति तथा कार्यनीतिहरु

  • सामाजिक सुरक्षा योजनामा सुधार
  • कोष व्यवस्थापनमा सुधार
  • सेवा प्रवाहको प्रभावकारितामा अभिवृद्धि
  • सञ्चयकर्ताको दायरामा विस्तार
  • जोखिम व्यवस्थापनमा सुधार
  • संस्थागत सुशासनको प्रभावकारिता अभिवृद्धि
  • चुहावट नियन्त्रण एवम् खर्च कटौती
  • सूचना तथा सञ्चार प्रणालीको प्रभावकारिता
  • सुमधुर श्रम सम्बन्धको विकास
  • स्रोत व्यवस्थापन तथा असूलीको प्रभावकारीता अभिवृद्धि
  • मानव संसाधन नीति तथा व्यवस्थापनमा सुधार
  • वित्तीय व्यवस्थापन तथा आन्तरिक नियन्त्रण प्रणालीमा सुधार

शाखा कार्यालय पोखराबाट प्रवाह हुने सेवा सुविधाको विवरणः

  • मासिक फाँटवारी संकलन
  • कोषको परिचयपत्र र परिचयपत्र नम्बर प्रदान
  • कोषकट्टी रकम जम्मा गर्न स्वीकृति प्रदान
  • कोषकट्टी जम्मा रकमको स्टेटमेन्ट
  • खाता एकिकरण
  • इ-सर्भिस
  • विशेष सापटी
  • कोषकट्टी रकमको भुक्तानी
  • सञ्चयकर्ता घरसापटी
  • सञ्चयकर्ता शैक्षिक सापटी
  • सञ्चयकर्ता घरमर्मत सापटी
  • दुर्घटना क्षतिपूर्ति योजना
  • काजक्रिया खर्च अनुदान
  • सञ्चयकर्ता औषधोपचार सहयोग कार्यक्रम
  • सुत्केरी तथा शिशु स्याहार सुविधा

सञ्चयकर्ता घरसापटी, शैक्षिक सापटी र घर मर्मत सापटी प्रवाह भैरहेको क्षेत्रः

(१) कास्की जिल्ला अन्तर्गत

(क) पोखरा उपमहानगरपालिका

  • पोखरा उप महानगरपालिका साविकका सम्पुर्ण वडाका क्षेत्रहरु
  • पोखरा उप महानगरपालिका वडा नं. १९, साविक लामाचौर गा.वि.स. को वडा नं. १¸२¸३ ४ का पुरै क्षेत्र र वडा नं. ५ को अकला मन्दिरसम्मको क्षेत्र,
  • पोखरा उप महानगरपालिका वडा नं. २२, साविक आर्वा विजय गा.वि.स. ३ को काँहु खोलापुल देखि कसेरी जाने मुल बाटोको १.५ कि.मी. अगाडिसम्म दायाँबायाँ २०० मिटरसम्मको क्षेत्र,
  • पोखरा उप महानगरपालिका वडा नं. २३, साविक निर्मल पोखरी गा.वि.स. १ को दोविल्ला पुलदेखि लेखनाथ नगरपालिकाको सीमासम्म दायाँ ७०० मिटर र बायाँ ३०० मिटरसम्मको क्षेत्र,
  • पोखरा उप महानगरपालिका वडा नं. २४¸ साविक कृष्ति नाच्नेचौर गा.वि.स. ३ को फुस्रे खोलाको पुलदेखि भुग्रें खोलाको पुलसम्मको सडकको दायाँ ३०० मिटरसम्मको क्षेत्र,
  • पोखरा उप महानगरपालिका वडा नं. २५, साविक पुम्दीभुम्दी गा.वि.स.को १¸३¸४ र ५ को भागलुङ खोलादेखि कालीमाटी खोलासम्मको सिद्धार्थ लोकमार्गको दायाँ २०० मिटर र वायाँ ५० मिटरसम्मको क्षेत्र,
  • पोखरा उप महानगरपालिका वडा नं. २६, साविक सराङकोट गा.वि.स. ७¸४ र २ को हल्लन चोकदेखि पामे जाने सडकको सेडी, भकुण्डे, खपौदी वजारसम्म दायाँ ३०० मिटर र वायाँ ३० मिटरसम्मको क्षेत्र,
  • पोखरा उप महानगरपालिका वडा नं. २७, साविक हेम्जा गा.वि.स.को सम्पूर्ण क्षेत्र,

(ख) लेखनाथ नगरपालिका

  • लेखनाथ नगरपालिका भित्र पृथ्वी लोकमार्गको दुवैतर्फ १ कि.मि. सम्म र तालचोक देखि वेगनास बसपार्क सम्म जाने पीच बाटोको दायाँ वायाँ ५०० मिटर क्षेत्र,
  • लेखनाथ नगरपालिका वडा नं. १६ र १७, साविक भरतपोखरी गा.वि.स. वडा नं. २¸३ र ४ को ठुलढुङ्गादेखि लामगादीसम्म मूल सडकको दायाँ ७०० मीटर र वायाँ ४०० मीटरसम्मको क्षेत्र,
  • लेखनाथ नगरपालिकाको शिशुवाचोकदेखि वडा नं. १३ मा रहेको जनताको चौतारोसम्म जाने मुल सडकका दायाँ वायाँ ५०० मिटरसम्मको क्षेत्र,

(२) तनहुँ जिल्ला स्थित

(क) शुक्लागण्डकी नगरपालिका

  • साविक दुलेगौडा, खैरेनीटार र स्थानचोक गा.वि.स. को कोत्रे पुलदेखि कुम्लेखोलासम्म पृथ्वी लोकमार्गको वायाँतर्फ १ कि.मि., दायाँतर्फ १ कि.मि., दायाँतर्फ ३० मिटर र खैरेनीटार बजार क्षेत्रमा दायाँतर्फ १ कि.मि. सम्मको क्षेत्र¸
  • साविक स्थानचोक गा.वि.स.को वडा न. १ मा रहेको एक्ले खेतबाट थप्रेक जाने बाटोको दायाँ ५०० मिटर र बायाँ १०० मिटरसम्मको क्षेत्र,

(ख) व्यास नगरपालिका

  • वडा नं. २¸१० र ११ का सबै क्षेत्र
  • पृथ्वीलोकमार्गबाट भादगाउँ हुदै बराह जाने बाटोको इन्द्रेणी स्काई स्कुलसम्म मुलबाटोको दायाँबायाँ ३०० मिटरसम्मको क्षेत्र र तालघरे क्षेत्रमा ५०० मिटरसम्मको क्षेत्र,
  • वडा नं. ५ डिही गाउँ हुँदै सतिस इङ्लिस बोर्डिङ्ग स्कूलसम्म बाटोको दायाँ बायाँ ३०० मिटर सम्मको क्षेत्र,
  • वडा नं. ७ पृथ्वी लोकमार्गको आसपास र चापाघाटदेखि ढोडेनीसम्म मुल सडकको दायाँ बायाँ १०० मिटरसम्मको क्षेत्र,
  • वडा नं. ८ पृथ्वी लोकमार्गको बायाँतर्फ ३०० मिटरसम्म र सांगे जाने मूल सडकको १.५ कि.मि.सम्मको दायाँ बायाँ ५०० मिटरको क्षेत्र,

(ग) पोखरा तर्फबाट तनहुँ जिल्लाको दुलेगौडा गा.वि.स.मा पर्ने कोत्रे बजारदेखि (कोत्रे पुल देखि) खैरेनीटार गा.वि.स. मा पर्ने कुम्ले खोलासम्म (कुम्ले खोलाको पुल सम्म) पृथ्वी लोकमार्गको दायाँबायाँ क्षेत्र मध्ये दुलेगौडा क्षेत्रमा लोकमार्गको दायाँ (सेती नदीतिर) तर्फ लोकमार्ग देखि ३० मिटरसम्म र बायाँतिर लोकमार्ग देखि ५०० मिटरसम्मको क्षेत्र,

(घ) पोखरा तर्फबाट खैरेनीटार बजार क्षेत्रमा दाया¤तर्फ छण्ण् मिटरसम्मको क्षेत्र,

(ङ) पोखरा तर्फबाट पृथ्वी लोकमार्गको वायाँतर्फ विजयपुर खोलादेखि तल्लो गगनगौडा बजारसम्म २ कि.मि. भित्रको क्षेत्र र तल्लो गगनगौडा देखि कोत्रे खोलासम्म लोकमार्गको वायाँतर्फ ५०० मिटरसम्मको क्षेत्र,

(च) दुलेगौडा क्षेत्रमा लोकमार्गको दायाँतिर (सेती नदीतिर) लोकमार्ग देखि ५०० मिटरसम्मको क्षेत्र,

(छ) पोखरा तर्फबाट पृथ्वी लोकमार्गको दायाँतर्फ विजयपुर खोलादेखि पृथ्वी लोकमार्गमा पर्ने भण्डारढिक नेपाल आदर्श चोकसम्म १ कि.मि. भित्रको क्षेत्र तथा सो चोकदेखि कोत्रे खोलासम्मको ५०० मिटरसम्मको क्षेत्र,

(ज) पोखरा उप महानगरपालिकासँग जोडिएको लामाचौर गा.वि.स.क्षेत्र अन्तर्गत लामाचौर चोक(गण्डकी आवसीय मा.वि. तर्फ प्रवेश गर्ने चोक) बाट माछापुच्छ्रे ग्रामीण पक्की सडक(भुजुङ्ग खोला तर्फ जाने पीच सडक) तर्फ १ कि.मि. सम्म सडकको दायाँ वायाँ ५०० मिटर सम्मको क्षेत्र

 

संचयकर्ता बडापत्र - Click Here

 

शाखा कार्यालयमा कार्यरत कर्मचारीको विवरणः

क्र.सं

कर्मचारीको नाम,थर

दर्जा

स्थायी ठेगाना

मोवाइल नं.

इमेल

फोटो

दिलीपराज पौडेल

का.प्र.

भरतपुर म.न.पा.-५, नारायणपुर

९८५१२३४७००

dilipraj.paudel@epfnepal.com.np

राम प्रसाद अधिकारी

का.मु.ब.शा.अ.

पोखरा २१,

कास्की

९८५६०६६८२२

ramprasad.adhikari@epfnepal.com.np

सितलबाबु खत्री

शा.अ.

ललितपुर १४, थसिखेल

९८४१२९५२९८

sital.khatri@epfnepal.com.np

लिलानाथ कडेल

शा.अ.

भरतपुर ८, चितवन

९८४०६०३९१५

lilanath79@gmail.com

राजेन्द्र पोख्रेल

ब.क.स.     

भरतपुर ११, चितवन

९८५६०४४५५५

rajendra.pokharel@epfnepal.com.np

पारसमणि भण्डारी

ब.क.स.     

पोखरा लेखनाथ ३३, कास्की

९८४१३१०९४०

parashmani@gmail.com

शशी पोखरेल

प्र.स.

भरतपुर ११, चितवन

९८४५०७५५६७

shashi.pokharel@epfnepal.com.np

अर्जुन सुवेदी

प्र.स.

कुश्मा १, पर्वत

९८५६०८१०३६

subediarjun2072@gmail.com

श्याम पौडेल

प्र.स.

बागलुङ १४, बागलुङ

९८४१७९४७१६

shyam.paudel@epfnepal.com.np

प्रेम बहादुर गुरुङ

प्र.र.

पोखरा लेखनाथ १७, कास्की

९८४६१८२१६०

 

 

कार्यालय सम्बन्धी अन्य जानकारीको लागिः

फोन नं ०६१-५२६८११¸ ०६१-५५०४५०

फ्याक्स ०६१-५२५००२

इमेल pokhara@epfnepal.com.np

 

वार्षिकोत्सवका केही झलकहरु

१. सामुहिक फोटो

२. वृक्षारोपणः कर्मचारी सञ्चय कोष शाखा कार्यालय, पोखराको प्राङ्गणमा प्रशासकज्यू बाट बृक्षारोपण गर्दै 

३. वृक्षारोपणः कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी श्री हरिप्रसाद मैनाली ज्यू बाट बृक्षारोपण गर्दै

४. वृद्धाश्रममा फलफुल वितरण 

५. इस्कोन पोखराद्वारा आयोजित आर्ट अफ माइण्ड कन्ट्रोल गोष्ठीमा सहभागी शाखा कार्यालय¸पोखरा परिवार