+977-01-5010165,4223320 info@epfnepal.com.np
परिचय
कोषको पहिलो शाखा कार्यालयको रुपमा वि.सं. २०४८ सालमा कर्मचारी संचय कोष शाखा कार्यालय विराटनगर स्थापना भएको हो । यस शाखाको कार्य क्षेत्र हाल प्रदेश नं १ र २ अन्तरगतका इलाम, पांचथर, झापा, मोरङ, सुनसरी, उदयपुर, खोटाङ्ग, ओखलढुङ्गा, सोलुखुम्बु, सिराहा र सप्तरी रहेका छन् । यस शाखा कार्यालयले अनलाइन सेवा मार्फ कोषको केन्द्रीय कार्यालयबाट उपलब्ध हुने सम्पूर्ण सेवा सुविधाहरु प्रदान गर्दै आएको छ । हाल कोषको आफ्नै भवन नभएकाले नेपाल एयरलाइन्स कर्पोरेशनको विराटनगर उपमहानगरपालिका वडा नं. १३ रोडशेषमा अवस्थित भाडाको भवनमा आफ्नो कार्यालय राखी सोहि स्थानबाट सेवा प्रदान गरिरहेकोछ । यस शाखा कार्यालयबाट संचयकर्ताहरुको अवकाश पछिको भुक्तानी, सेवाकालिन वित्तीय आवस्यकता पुरा गर्नका लागि विशेष सापटी, तोकिएका क्षेत्रमा घर सापटी, शैक्षिक सापटी प्रवाह, कोषले लागु गरेका सामाजिक सुरक्षण सुविधाहरुको भुक्तानी, संचयकर्ता परिचय पत्रको व्यवस्थापन, फांटवारी संकलन, बैंक स्टेटमेन्ट संकलन, संचयकर्ता विस्तार, संचयकर्ता अभिमुखीकरण कार्यक्रम सञ्चालन, कोषका गतिविधिहरुको प्रचार प्रसार तथा संचयकर्ताहरुलाई परेका समस्याहरुको समाधान गर्ने कार्यहरु गर्दै आएको छ । शाखा कार्यालय विराटनगरले गुनासोरहित संचयकर्ता सेवा भन्ने प्रतिवद्धता अनुरुप सेवा प्रवाह गर्दै आएको छ ।
सञ्चयकर्ता बडापत्र - Click Here
घर सापटी लागु भएका क्षेत्रहरु - Click Here
सापटी लागु भएका क्षेत्रहरु - Click Here
कर्मचारी प्रोफाइल
फोन नम्बर : २१-४७२७८४, , ०२१-४७२७८६ र ०२१-४७२७८७
फ्याक्स नम्बर : ०२१-४७२७८५
इमेल : biratnagar@epfnepal.com.np