" For The Secure Future of The Employees"

+977-01-5010165,4223320   info@epfnepal.com.np

Dhankuta

शाखा कार्यालय, धनकुटा सम्बन्धि जानकारी

स्थापना :

कर्मचारी संचयकोषले आफ्ना संचयकर्ताहरुलाई प्रदान गर्दै आएका सेवा सुबिधाहरुलाई स्थानीय स्तरमा नै सरल र सहज रुपले उपलब्ध गराउने उद्देश्यले पुर्वान्चल क्षेत्रमा क्षेत्रीय स्तरको कार्यालयको रुपमा धनकुटामा बि.स. २०४९ सालमा स्थापित भएको हो | हाल यस कार्यालय शाखाको रुपमा संचालित रहेको छ |

कार्यक्षेत्र :

शाखा कार्यालय धनकुटाको कार्य क्षेत्र  प्रदेश नं १ का ताप्लेजुङ,धनकुटा, भोजपुर, तेह्रथुमर संखुवासभा गरि ५ जिल्ला रहेको छ भने यस शाखाले जुनसुकै क्षेत्रमा कार्यरत संचयकर्ताहरुलाई Online सेवाहरु उपलब्ध गराउदै आएको छ |

सेवा सुबिधा प्रबाह :

शाखा कार्यालय, धनकुटाबाट देहाय बमोजिमका सेवा –सुविधाहरु प्रबाह गरिदै आएको छ :

१.      सामाजिक सुरक्षा सुविधाहरु :

क)    काजक्रिया अनुदान खर्च

ख)    दुर्घटना क्षतिपूर्ति योजना

ग)     औषधोपचार सहयोग कार्यक्रम

घ)     सुत्केरी स्याहार तथा शिशु हेरचाह खर्च

ङ)     कल्याणकारी बिमा योजना

२.      सापटी सुविधाहरु :

क)    बिशेष सापटी

ख)    घर सापटी

ग)     शैक्षिक सापटी

३.      कोष रकम भुक्तानी

४.      संचयकर्ता परिचयपत्र समर्थन र ब्यबस्थापन

५.      फाँटबारी संकलन

६.      संचयकर्ता विस्तार

७.      खाता एकीकरण

८.      E- Service

९.      Balance Certificate वितरण

१०.   जनसम्पर्क, गुनासो सुनाई, समस्याको समाधान

संचयकर्ता घर तथा शैक्षिक सापटीको क्षेत्र :

१.      धनकुटा नगरपालिकाको वडा नं १ देखि ७ भित्रका उपयुक्त क्षेत्रहरु,

२.      पाख्रिबास नगरपालिकाको वडा नं ४, ५ र ६ भित्रका पाख्रिबास चोकदेखि चारै तर्फ १ कि मि र पाख्रिबास देखि हिले सडकको १०० मिटर भित्रका भौगोलिक रुपमा उपयुक्त क्षेत्रहरु,

३.      कोशी राजमार्गस्थित भेडेटार चोकबाट चारै तर्फ ५०० मिटर भित्रका भौगोलिक रुपमा उपयुक्त क्षेत्रहरु,

४.      कोशी राजमार्गको मुलघाट देखि परेवादिन गा बि सको सिधुवाबजार सम्म राजमार्गको दाँया बाँया १०० मिटर भित्रका उपयुत्त क्षेत्रहरु र उक्त राजमार्गमा पर्ने धनकुटा नगरपालिका वडा नं १४ गुठीटार बजार क्षेत्रमा दाँया बाँया ३०० मिटर  भित्रका क्षेत्र र सिधुवा बजार क्षेत्रमा दाँया बाँया ३०० मिटर भित्रका क्षेत्रहरु |

 

संचयकर्ता बडापत्र - Click Here

 

कर्मचारी विवरण:

क्र स

पदनाम

नाम

१.

प्रबन्धक(का प्र)

तेज प्रसाद खनाल

२.

का.मू. शाखा अधिकृत

काशीनाथ खतिवडा

३.

प्रमुख सहायक

अरबिन निरौला

४.

प्रमुख सहायक

विश्वराज भण्डारी

५.

प्रमुख सहायक

छोवाङ हिस्से तामाङ

६.

बरिष्ठ सुपरिक्षक

पूर्ण बहादुर याखा

 

सम्पर्क:

फोन नं ०२६-५२००४९

फ्याक्स नं ०२६-५२००५२

मेल dhankuta@epfnepal.com.np