" For The Secure Future of The Employees"

+977-01-5010165,4223320   info@epfnepal.com.np

FAQ

Frequently Asked Questions related to (E-Services)
     

१. इ–सर्भिस खाता खोल्न के गर्नु पर्ला ?

सबैभन्दा पहिले तपाईले कोषको वेभसाईटः www.epfnepal.com.np बाट इ–सर्भिस आवेदन E-Services Application Form Individual डाउनलोड गरी उक्त फर्म भरेर सञ्चय कोष कार्डको प्रतिलिपि सहित कोषको सम्बन्धित शाखामा स्वयं उपस्थित भई उक्त आवेदन फर्म बुझाउनु पर्दछ । त्यस पश्चात् कोषले तपाईलाई username र password उपलब्ध गराउने छ । उक्त username र password प्रयोग गरी संसारको कुनै पनि स्थानबाट तपाईले आफ्नो कोष तथा कर्जा (घर सापटी, शैक्षिक सापटी, विशेष सापटी, घर मर्मत) को विवरण बुझ्न सक्नु हुनेछ ।

 

२. SMS सेवा लिन के गर्नु पर्दछ ?

कोषकट्टी हुने सञ्चयकर्ताहरुले कोषको वेभसाईटः www.epfnepal.com.np बाट इ–सर्भिस आवेदन फर्म डाउनलोड गरी Mobile No.  सहित राखी उक्त फर्म भरेर बुझाएपछि कोषले तपाईलाई PIN Code उपलब्ध गराउने छ । उक्त PIN Code प्रयोग गरी आफ्नो कोष तथा कर्जा (विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, घर मर्मत) को विवरण बुझ्न सकिन्छ ।

 

३. SMS Service बाट आफ्नो जम्मा भएको रकम कसरी हेर्न सकिन्छ ?

कोषको E-Service सेवा प्रयोगकर्ताहरुले आफ्नो मोबाइलको message box मा PIN_Code BAL टाईप गरी 35750  मा पठाई आफ्नो कोष तथा कर्जा (विशेष सापटी, घर सापटी, शैक्षिक सापटी, घर मर्मत) सम्बन्धी विवरणको SMS Response प्राप्त गर्न सकिने छ । हाललाई NTC का GSM मोबाइल प्रयोगकर्ताका लागि मात्र यो सेवा उपलब्ध छ ।

 

४. username र password email बाट पठाउन मिल्छ कि मिल्दैन?

username र password अत्यन्त संवेदनशील कुरा भएकाले email बाट पठाउन मिल्दैन। यसको आवेदन फारम भरेर जोसुकैको हातबाट वा हुलाकबाट पठाए पनि username र password लिन स्वयं उपस्थित हुनु पर्नेछ।

 

५. username र password कहाँबाट लिन सकिन्छ?

username र password कोषको ठमेल स्थित कार्यालय वा आफुलाई पायक पर्ने अन्य शाखा कार्यालयबाट लिन सकिन्छ।

 

६. username र password फारम बुझाएको दिननै प्राप्त गर्न सकिन्छ कि सकिंदैन?

हालको लागि username र password बुझाएकै दिन प्राप्त गर्न सकिंदैन, username र password बनाइए पछि संचयकर्तालाईemail बाट सुचित गरिनेछ र username र password लिन आउनका लागि आग्रह गरिनेछ।

 

७. username र password विर्सिएको खण्डमा के गर्नु पर्छ?

username र password विर्सिएको खण्डमा संचयकोषको अफिस वा शाखा कार्यालयमा आएर एउटा फारम भर्नु पर्ने छ र नयाpassword लिन सकिने छ। उक्त कार्यका लागि संचयकर्ता स्वयं उपस्थित हुनु पर्ने छ।

 

८. मैले username र password कहाँ कहाँ प्रयोग गर्न सक्छु?

संसारको कुनै पनि कुनाबाट username र password प्रयोग गर्न सकिनेछ।

 

९. के internet बाट प्राप्त गर्न सकिने विवरण पुर्ण रुपले विश्वसनीय हुन्छ?

Internet बाट हेर्न मिल्ने विवरण बढीमा १ हप्ता पुरानो हुन सक्छ तसर्थ internet बाट देखिने विवरण केहि पुरानो हुन सक्छ।

 

१०. मेरो कार्यालयले पठाएको पछिल्लो कोष कट्टीहरु देखिएन, के भएर होला?

यसका दुई कारणहरु हुनसक्छन् ।

•  तपाईंको कोष कट्टीको विवरण प्राप्त गरि नसकिएको हुन सक्छ।

•  संचयकोषमा यहाँको कोष कट्टी को विवरण प्राप्त गरेकै दिन त्यसलाई यहाँको खातामा जम्मा नगरिन सक्छ, यहाँको कार्यालयको पालो आउन   केहि समय लाग्न सक्छ।

 

११. मैले लिएको कस्तो कर्जाहरुको विवरण internet बाट हेर्न सक्छु?

हो, तपाईले लिनु भएको विशेष सापटी , घर सापटि तथा शिक्षा सापटिको विवरण  internet  बाट हेर्न सक्नु हुनेछ।  

 

१२. किन मेरो खातामा केवल १ महिनाको रेकर्ड मात्र बसेको होला, के मैले वर्ष भरिको स्टेटमेन्ट हेर्न मिल्दैन?

साल तमामीको कार्य असारमा सकिए पनि, लेजर निकाल्ने कार्य सकिन केहि महिला लाग्न सक्छ। लेजर ननिकाली नयाँ फाँटवारी कम्प्युटरमा राखिदैंन जसका कारण आर्धिक वर्षका शुरुका केहि महिनाहरुमा केवल पुरानो आर्थिक वर्षको व्याज हिसाब गरिएको ओपनिङ व्यालेन्स मात्र देखिन्छ।

 

१३. मेरो विवरण केहि नमिलेको छ, यसलाई सच्याउन सकिन्छ कि सकिन्न?

अवश्य पनि सकिन्छ। यसको लागि लग ईन गरिसकेपछि पेजको दाहिने पट्टीको मेनुमा 'Personal Details' भन्ने छ, त्यसमा क्लिक गरे पछि एउटा पेज खुल्छ जसमा तपाईंको विवरण हेर्न सकिन्छ। सोही पेजको माथि 'update my Information' भन्ने छ त्यसमा क्लिक गर्नुहोस् र आफ्नो विवरण सच्याउनु होस्। तपाईंले पठाउनु भएको विवरण सच्याउने पुर्ण अधिकार संचयकोषसंग निहित रहने छ। सच्याउने आधार तपाईंको परिचय पत्र नै हुनेछ।

१४. टेलिकोष सम्बन्धी जानकारी

सञ्चयकर्ताले नेपाल टेलिकमको साधारण PSTN तथा GSM Mobile Phone मार्फत १६४२ डायल गरी कोषमा सञ्चित हरहिसाब विवरण टेलिफोनको receiver बाट सुन्न सक्नुहुन्छ । जसअनुसार १६४२ अंक डायल गरी आफ्नो परिचय पत्र नम्बरका साथै Pincode डायल गरी # (ह्यास) थिच्नु पर्नेछ । परिचय पत्र नं र Pincode मिलेमा सरोकारवालाले आफ्नो नाममा रहेको कोष रकम, विशेष सापटी, घर सापटी, शैक्षिक सापटी लगायत आवश्यक पर्ने सबै विवरणको जानकारी लिन सक्नुहुने छ । सञ्चयकर्ताले टेलिकोषको लागि आवश्यक पर्ने ४ अंक Pincode कोषबाट प्राप्त गर्न सक्नु हुनेछ ।